जनकपुरधाम – मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा डा. सुनिल रंजन सिंह नियुक्त भएका छन् । प्रदेश प्रमुख डा. सुरेन्द्र लाभ कर्णले मुख्यमन्त्री कृष्ण प्रसाद यादवको सिफारिसमा मंगलबार डा. सिंहलाई मधेश प्रदेशको मुख्य न्यायाधिवक्ताको पदमा नियुक्त गरेका छन् । नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम मंगलबारदेखि लागू हुने गरी सर्लाही जिल्ला ईश्वरपुर नगरपालिका–१४ निवासी डा.…