काठमाण्डु- वर्षासँगै आएको बाढी र पहिरोका कारण देशभर विभिन्न स्थानमा ११ मुख्य राजमार्गका सडक अवरुद्ध बनेका छन् । बाढी पहिरोले पूर्वी नवलपरासी, सिन्धुपाल्चोक, म्याग्दी र डोल्पमा सडक बन्द भएको छ । प्रहरीका अनुसार अरनिको राजमार्गअन्तर्गत सिन्धुपाल्चोकको भोटेकोशीमा असार १ र ३ गतेदेखि बन्द भएको सडक अझै खुलेको छैन । प्रहरीले धनकुटा, सिन्धुपाल्चोक, काभ्रे, चितवन, नवलपरासी,…