काठमाण्डु – राजावादीको सडक प्रदर्शन चर्किरहेका बेला सरकारले नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशन कुलमान घिसिङलाई बर्खास्त गर्यो । यसले जनआक्रोशको आगोमा घ्यू थप्ने काम गरेको आमबुझाइ छ । कुलमानलाई बर्खास्त गरेपछि त्यसको विरोधमा सडक प्रदर्शन भइरहेका छन् भने सरकारले प्रदर्शनकारीमाथि धरपकड र पक्राउ गरिरहेको छ । यसैबेला बुधबार बसेको प्रतिनिधिसभा बैठकमा रोचक दृश्य देखियो…