‘सुपरहिट’ हुँदै ट्रम्पको गोल्ड कार्ड, एकैदिन हजार बिक्री !

काठमाण्डु-अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको ‘गोल्ड कार्ड भिसा’ कार्यक्रम आधिकारिक रूपमा सुरु हुनुभन्दा अघि नै ‘सुपरहिट’ भएको छ । अमेरिकी वाणिज्य सचिव हावर्ड लुटनिकले एकै दिनमा १ हजार गोल्ड कार्डहरू बिक्री भएको दाबी गरेका छन् । एउटा गोल्ड कार्डको मूल्य ५० लाख डलर छ । अर्थात् एकै दिनमा ५ अर्ब डलर बराबरको कार्डहरू बिक्री भएका छन्…