बढी भाडा असुल्ने यातायात व्यवसायीलाई तत्काल कारबाही गर्छौं : यातायातमन्त्री घिसिङ

काठमाण्डु - भौतिक पूर्वाधार एवं यातायातमन्त्री कुलमान घिसिङले तोकिएको वैधानिक भाडादरभन्दा बढी असुल्ने यातायात व्यवसायीलाई तत्कालै कारबाही गरिने बताएका छन्। स्वीकृत भाडादर भन्दा बढी कानूनको प्रतिकूल हुनेगरी कसैले भाडा असुले तत्काल खबर गर्न पनि उनले यात्रुहरूलाई आह्वान गरेका हुन्। चाडबाडको मौका छोपी बढी भाडादर असुल्ने गरेको, टिकटको कालोबजारी गरेकोलगायतका गुनासा यात्रुबाट निरन्तर आइरहेको उल्लेख गर्दै…