तनहुँ हाइड्रो परियोजनाको प्रगतिबारे राष्ट्रपति पौडेलको चासो

काठमाण्डु – राष्ट्रपति रामचन्द्र पौडेलले उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्कासँग जलविद्युत् आयोजनाको प्रगतिबारे जानकारी लिएका छन् । उनले सोमबार शितलनिवास बोलाएर मन्त्री खड्कासँग जलविद्युत् आयोजनाको प्रगतिबारे जानकारी लिएका हुन् । पौडेलले १४० मेघावाटको जलाशययुक्त तनहुँ हाइड्रो परियोजनाको निर्माण कार्यको प्रगति विवरणको जानकारी लिँदै समयमै सम्पन्न गर्न ध्यानाकर्षण गराएका स्वकीय सचिवालयले जनाएको छ ।…