रौतहट - निरन्तरको अविरल बर्षासँगै रौतहटका दुई मुख्य नदी बागमती र लाल बकैया खतराको सतहमा पुगेको छ। बागमती नदीको बहाव ४५०० क्युसेक पुगेको छ। बागमती सिँचाइ ड्यामका ३६ वटै ढोका खुल्ला गरिएको प्रहरीले जनाएको छ। बागमती नदीका किनारमा तथा वरिपरि रहेका गाउँ घरमा बस्नेहरु उच्च सतर्कता अपनाउनु पनि जिल्ला प्रहरी कार्यालय रौतहटले अनुरोध गरेको छ।…