नागरिकको ज्यान र सम्पत्ति सुरक्षित राख्न सबै स्रोतसाधन परिचालित छन् : प्रधानमन्त्री कार्की

काठमाण्डु – अविरल भारी वर्षाबीच प्रधानमन्त्री सुशीला कार्कीले नागरिकको ज्यान र सम्पत्ति सुरक्षित राख्न राज्यका सबै स्रोतसाधन र निकाय परिचालन गरिएको बताएकी छन् । शनिबार साँझ देशवासीका नाममा भिडियो सन्देश जारी गर्दै उनले असोज १७ गतेदेखि निरन्तर भइरहेको वर्षाले देशका धेरै भागलाई जोखिममा पारेकाले सबैले सावधानी अपनाउन र सरकारी निर्देशन पालना गर्न आग्रह गरिन् ।…