काठमाण्डु–नेकपा एमालेले केही नेपाली र विदेशी मिडियाहरूमा प्रकाशित समाचारबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टी सचिवालय बैठकका विषयमा प्रकाशित समाचार निराधार र अतिरञ्जित भएको जनाएको हो । पार्टी महासचिव शङ्कर पोखरेलले जारी गरेको विज्ञप्तिमा पूर्व राजावादीहरुको केही दिनअघिको प्रदर्शनलाई लिएर प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका भनेर प्रकाशित समाचार निराधार…