प्रधानमन्त्री ओलीको थाइल्याण्ड भ्रमण स्वीकृत

काठमाण्डु – सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको थाइल्याण्ड भ्रमण स्वीकृत गरेको छ । उनी बिमस्टेक बैठकमा सहभागी हुन चैत १९ गते थाइल्याण्ड जान लागेका छन् । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित प्रतिनिधिमण्डलको भ्रमण स्वीकृत गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।