काठमाण्डु- तीन दलका शीर्ष नेताहरूको बैठक सोमबार बस्दैछ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, सत्तारुढ नेपाली कांग्रेसका सभापित शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल हुँदै छ । सत्तारुढ दुई दल र प्रमुख प्रतिपक्ष दलका तीन शीर्ष नेताबीच अपरान्ह ४ बजे सिंहदरबारमा छलफल हुने तय भएको हो…