काठमाण्डु – नेकपा एमालेले मुलुकमा हाल भइरहेका प्रतिगामी हर्कतविरूद्ध जनतालाई सचेत पार्दै संघीय लोकतान्त्रिक गणतन्त्रको पक्षमा जनमत सिर्जना गर्न देशव्यापी जनसचेतना अभियान सञ्चालन गर्ने भएको छ । एमालेले चैत ११ गते एकैदिन एकै समय देशैभर सबै वडामा जनसचेतना कार्यक्रमको घोषणा गरेको छ । ३ महिने वडा केन्द्रित अभियान चलाइरहेको एमालेले चैत ११ गतेदेखि ३० गतेसम्म…