कोशी प्रदेशसभाको अधिवेशन आज रातिबाट अन्त्य गर्न सिफारिस 

काठमाण्डु– कोशी सरकारले प्रदेश सभाको चालू छैटौँ अधिवेशन आजबाट अन्त्य गर्न सिफारिस गरेको छ । कोशी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले आज राति १२ बजेबाट चालू छैटौँ अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो । आन्तरिक मामिला तथा कानूनमन्त्री एवं कोशी सरकारका प्रवक्ता रेवतीरमण भण्डारीले आजको मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखसमक्ष अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको बताए…