काठमाण्डु– धादिङको वेनिघाट–रोराङ गाउँपालिका–१०, जवाङ खोलामा पहिरो खसेपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ। गएरातिदेखि सुरु भएको पहिरोले सडकको करिब ८० प्रतिशत भाग ढाकिसकेको थियो। बिहान करिब ५ः३० बजे माथिबाट ठूलो चट्टानसहित पहाड खस्दा सडक पूर्ण रूपमा बन्द भएको हो। हाल तीनवटा मेसिन प्रयोग गरी पहिरो पन्छाउने काम भइरहेको छ। तर माथिल्लो भागमा अझै…