कांग्रेस कार्यसम्पादन समिति बैठक बोलाउने पदाधिकारी बैठकको निर्णय

काठमाण्डु – नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवासमा मंगलबार बसेको पदाधिकारी बैठकले केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाउने निर्णय गरेको प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए । उनले भने, ‘समसामयिक विषयमा छलफल गरेर आगामी निर्णय लिनका लागि केन्द्रीय कार्यसम्पादन बैठक बोलाउने निर्णय भएको छ ।’ बैठकमा राजसंस्था समर्थित गतिविधिको…