काठमाण्डु– काठमाण्डुको बालाजुमा बस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन्। आइतबार बिहान काठमाण्डु महानगरपालिका–१६ स्थित बालाजु बाइपासमा बा. ५ ख ५० नम्बरको बस पल्टीदा ३४ जना घाइते भएको काठमाण्डु उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए । उनले भने,‘३४ जना घाइते भएका छन् । काठमाण्डुको विभिन्न अस्पतालहरुमा उनीहरुको उपचार भइरहेको छ…