काठमाण्डु- गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी निर्वाचनका लागि आवश्यक सम्पूर्ण सुरक्षाका प्रबन्ध मिलाइएकाले निर्धक्क भएर फागुन २१ गते मतदान प्रक्रियामा भाग लिन मतदातालाई आह्वान गरेका छन्। बिहीबार केन्द्रीय सुरक्षा समितिको बैठकमा बोल्दै गृहमन्त्री अर्यालले यस्तो बताएका हुन् । बैठकमा तीन वटै सुरक्षा अङ्गका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीले सुरक्षाका प्रबन्धबारे जानकारी दिएका थिए। गृहमन्त्री अर्यालले…