काठमाण्डु - तीन दिनदेखि अवरुद्ध रहेको मुग्लिन–नारायणगढ सडकखण्ड शनिबार ११ बजेसम्म पनि सञ्चालनमा आउन सकेको छैन । तुईन खोला पुल नजिक झरेको पहिरो अझै नरोकिएकाले पहिरो हटाउन नसक्दा बाटो अहिले पनि अवरुद्ध नै छ । सडक डिभिजन कार्यालय भरतपुरका अनुसार शनिबार साँझदेखि पनि निरन्तर पहिरो खसिरहेको छ। पहिरो हटाउन चारवटा लोडर र दुईवटा एक्साभेटर परिचालन…