काठमाण्डु – नेपालकी पहिलो महिला महान्यायाधिवक्ता सविता भण्डारीले न्यायिक सेवामा काम गर्दा आत्मग्लानीको अनुभव हुने गरेको खुलासा गरेकी छन् । बिहीबार काठमाण्डुमा आयोजित महिला सरकारी वकिल सम्मेलनलाई सम्बोधन गर्दै उनले पेशागत यात्राका चुनौतीबारे व्यक्तिगत अनुभूति सार्वजनिक गरेकी हुन् । ‘विवाह गरें, श्रीमती भएँ, कहिल्यै ग्लानी भएन,’ उनले भनिन्, ‘तर यो पेशामा आउँदा भने पटक–पटक आत्मग्लानी…