स्थानीयको चन्दा र श्रमदानबाट प्रहरी भवन पुनर्निर्माण

रौतहट – रौतहटमा जेनजी आन्दोलनका क्रममा क्षति पुगेको प्रहरी कार्यालय भवन पुनर्निर्माण गरी हस्तान्तरण गरिएको छ । गत भदौ २४ गते आन्दोलनका क्रममा जेनजीहरूले ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरको भवनमा आगजनी गरेका थिए । भवनमा आगजनीले बस्न अयोग्य भएपछि स्थानीयहरूले चन्दा र श्रमदानबाट भवन पुनर्निर्माण थालेको करीब २ महिनापछि हस्तान्तरण गरिएको छ । भवन शनिबार प्रहरीलाई…