काठमाण्डु – पूर्वउपप्रधानमन्त्री तथा गृहमन्त्री रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेमाथि अख्तियारको दुरुपयोग गरेको र सम्पत्ति शुद्धीकरणमा पनि अनुसन्धान गरिने भएको छ । सहकारी ठगी र संगठित अपराधको अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र अख्तियार दुरुपयोगमा पनि अनुसन्धान गर्न कास्की प्रहरीले पत्र लेख्ने तयारी गरेको हो ।…