विवादित प्रहरी निरीक्षक शाही भैंसेपाटीबाट उपत्यका प्रहरी कार्यालय तानिइन्

काठमाण्डु – विवादित पृष्ठभूमिकी प्रहरी निरीक्षक बिनुकुमारी शाहीको जिम्मेवारी उपत्यका प्रहरी कार्यालयले खोसेको छ । २३ जेठमा ललितपुर प्रहरी प्रभाग भैसेपाटीमा पुगेकी निरीक्षक शाहीलाई जिम्मेवारीमुक्त गर्दै तत्कालका लागि उपत्यका प्रहरी कार्यालयमा तानिएको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् । उपत्यका प्रहरी कार्यालयका एक अधिकृतले बलात्कार सम्बन्धी मुद्दामा फसाइदिने भन्दै…