गृहमन्त्री अर्यालद्वारा विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन

काठमाण्डु – गृहमन्त्री ओमप्रकाश अर्यालले देशको सुरक्षा संवेदनशील रहेको सन्दर्भमा विपद् व्यवस्थापनलाई अझ प्रभावकारी बनाएर नागरिकसँगको सम्बन्ध सुधार गर्न निर्देशन दिएका छन् । शुक्रबारदेखि असोज २० गतेसम्म कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मध्यमदेखि अत्यधिक वर्षाको सम्भावना रहेको पूर्वानुमानबीच आयोजित भर्चुअल मनसुन सम्बन्धी विपद् संवादमा मन्त्री अर्यालले सुशासन र सेवा प्रवाहलाई कायम राख्दै सम्भावित…