दुर्गा प्रसाईंसहित तीन जनाविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी

काठमाण्डु–मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध अदालतबाट पक्राउ पूर्जी जारी भएको छ। विद्युतीय कारोबार ऐन अनुसार कारबाही गर्न प्रहरीले पक्राउ गर्न अनुमति माग गरेको अनुरुप जिल्ला अदालत काठमाडौंले बुधबार उनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको हो। उनलाई पक्राउ गर्न प्रहरीको साइबर ब्यूरोले अनुमति माग गरेको हो। अदालतले सोहि मुद्दामा बाग्लुङ, बडीगाडका युट्युवर जीवन पाण्डे र धादिङ, सुनौला…