काठमाण्डु - नेपाली सेनाले सैनिक मञ्च टुँडिखेलमा आज दिउँसो फूलपाती बढाइँको आयोजना गर्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा हुने उक्त समारोहमा सेनाले राइफलबाट लहरे र एकठ्ठा तथा तोपबाट पनि बढाइँ गर्नेछ। सवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति पौडेल नेपाली सेनाको परमाधिपति हुन्। समारोहमा सैनिक परेड प्रदर्शन, दुर्गा नाचका साथै सेनाको हेलिकप्टरबाट ‘फूलपाती बढाइँ समारोह-२०८२’ लेखिएको व्यानर प्रदर्शन र…