काठमाण्डु– नेपाली सेनाले कमाण्ड तथा स्टाफ तालिम औपचारिक रूपमा शुभारम्भ गरेको छ। शुक्रबार रक्षा मन्त्रालयअन्तर्गत सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा आयोजित कार्यक्रममा सी.सं. ३३औं कमाण्ड तथा स्टाफ तालिमको उद्घाटन गरिएको हो। तालिमको शुभारम्भ गर्दै प्रमुख अतिथि प्रदीप जंग केसीले सहभागी अधिकारीहरूबीच अनुभव आदान–प्रदानको महत्व औंल्याउँदै तालिमपश्चात् अन्तर्राष्ट्रिय, क्षेत्रीय तथा आन्तरिक सुरक्षा परिवेशको विश्लेषणसहित व्यवहारिक…