काठमाडौं - पहिलो विश्वयुद्ध समाप्त भएको एक सय वर्ष पूरा भएको छ, तर त्यतिबेला लडाइँमा ज्यान गुमाएका नेपालीका छोराछोरीको सम्झना नगरिएको भन्दै परिवारजनले दुस्ख व्यक्त गरेका छन्। पहिलो विश्वयुद्ध समाप्त भएको एक सय वर्ष पूरा भएको अवसरमा ब्रिटेन, फ्रान्स, अस्ट्रेलिया, न्यूजिल्यान्ड लगायतका देशहरूमा भव्य र भावुक कार्यक्रमहरू भएका छन्। पहिलो विश्वयुद्धमा ब्रिटेनको पक्षबाट लड्ने क्रममा…