सामाजिक काममा अग्रसर नेपाली सेना

भीमदत्तनगर - कञ्चनपुरमा नेपाली सेनाले सामाजिक काममा सक्रियता बढाउँदै आएको छ । पछिल्लो केही दिनयता नेपाली सेनाको सिंहशार्दूल गुल्म, भगतपुर ब्यारेक यहाँको वेदकोट नगरपालिका– ८ मा रहेको वैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रको पर्खाल निर्माणमा जुटिरहेको छ । चुरेको फेदमा रहेको सेवा केन्द्रमा दुई दर्जन बढी वृद्धवृद्धाले आश्रय लिइरहेका छन् । विसं २०५७ मा स्थापना…