काठमाण्डौं– सशस्त्र प्रहरीमा देवी\देवता र जिल्लाहरुको नाममा स्थापना भएका बाहिनी, गुल्म र गणहरूको नाम परिवर्तन गराउने निर्णय संशोधन भएको छ । सशस्त्र नेतृत्वले देवी देवताको नाममा स्थापित बाहिनी र गणहरुको नाम हटाएको भन्दै त्यसको चौतर्फी विरोध भएको थियो । हिन्दू नाम परिवर्तन गरेको विषयलाई लिएर राष्ट्रपति विद्यादेवी भण्डारीले समेत गम्भीर चासो राखेको स्रोतको दाबी छ…