काठमाडौं - मन्त्रिपरिषद्को २०७४ बैशाख २१ गतेको निर्णयले काठमाडौं–निजगढ द्रूतमार्ग बनाउने जिम्मेवारी नेपाली सेनालाई दिने निर्णय ग¥यो । द्रूतमार्ग निर्माणका थुप्रै विकल्पमा छलफल भएपनि अन्ततः सेनालाई दिने निर्णय गरियो । द्रूतमार्ग सेनालाई नै दिने निर्णयमा सरकार किन पुग्यो ? सेनाको सशक्त कार्यक्षमता । कार्यक्षमता छ भन्दैमा सडक निर्माणको जिम्मा सेनालाई दिनुपर्ने होइन, सेना निर्माणको उद्देश्य…