प्रधानसेनापति थापालाई भारतिय सेनाको मानार्थ सेनाअध्यक्षको दज्र्यानी चिन्ह प्रदान (फोटो फिचर)

काठमाडौ- नेपाली सेनाका नवनियुक्त प्रधानसेनापति पूर्णचन्द्र थापालाई भारत सरकारले मानार्थ सेनापतिको दज्र्यानी चिन्ह प्रदान गरेको छ । प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले शनिवार राष्ट्रपति भवनमा दज्र्यानी चिन्ह प्रदान गरेका हुन् ।  नेपाल र भारतबीच दुवै देशले दुवै देशका प्रधानसेनापतिलाई मानार्थ सेनापतिको दर्जा दिने प्रचलन छ ।  भारतका स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा थापा…