काठमाण्डु - नेपाली सेना र अमेरिकी सेनाबीच हुने ल्याण्ड फोर्स टक बुधबारदेखि काठमाडौंमा सुरु हुने भएको छ। नेपालमा सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि पहिलोपटक अमेरिकी सेनासँग प्रत्यक्ष द्विपक्षीय सैन्य संवाद काठमाडौंमै सुरु हुन लागेको हो। बैठक शुक्रबार समापन हुनेछ। नेपाली सेनाका प्रवक्ता सहायकरथी राजाराम बस्नेतका अनुसार टकमा मुख्यतः दुवै देशका सेनाबीच अनुभव आदान–प्रदान,…