प्रहरीका ४४ जना अधिकृतहरू दर्ज्यानी चिह्नद्वारा सुशोभित

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले पदोन्नति भएका ४४ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेका छन् । नेपाल प्रहरी प्रधान कार्यालयमा शुक्रबार आयोजित विशेष समारोहबिच प्रहरी महानिरीक्षक कार्कीले उनीहरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभन गरेका हुन् । नेपाल सरकार प्रधानमन्त्री एवम् गृहमन्त्रीस्तरको २०८३ जेठ २१ गतेको निर्णयले जनपदतर्फ १ जना तथा प्राविधिकतर्फ ३…