मुस्ताङमा सेनाले गर्‍यो ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास

काठमाण्डु - नेपाली सेनाले मुस्ताङमा बिहीबार ‘हाइअल्टिच्युड सर्च एन्ड रेस्क्यु’ अभ्यास सुरु गरेको छ । मुस्ताङमा को घरपझोङ गाउँपालिका जोमसोमस्थित नेपाली सेनाको इन्द्रबक्स गणको आयोजनामा खोज तथा रेस्क्यु अभ्यास थालिएको हो। उच्च हिमाली क्षेत्रमा अक्सिजनको कमी, अत्यधिक चिसो र भौगोलिक विकटताका कारण हुने सम्भावित जोखिम तथा दुर्घटना न्यूनीकरणका साथै खोज तथा उद्धारकार्यमा सहज पुर्‍याउने उद्देश्यले…