पूर्वडिआइजी निरौला, एसएसपी लोहनीसहित २८ जना कारागार चलान

काठमाडौं–जिल्ला अदालत मोरङले साढे ३३ किलो सुन प्रकरण र सनम शाक्य हत्याकाण्डमा ६ जना पूर्वप्रहरी अधिकारीसहित २८ जनालाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ। न्यायाधीश नारायणप्रसाद शर्माको इजलासले मंगलबार अभियुक्तमध्ये २८ जनालाई पुर्पक्षका लागि थुना राख्न, एक जनालाई तारेखमा, १ जनालाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो। अदालतले पक्राउ परेकामध्ये प्रहरी जवान विष्णुबहादुर खड्कालाई…