काठमाडौं–गृहमन्त्रालयले ११ जना एसएसपीको सरुवा गरेको छ। गृहमन्त्री रामबहादुर थापाले एसएसपीको सरुवा निर्णय प्रहरी प्रधान कार्यालयलाई पठाएका हुन्। प्रहरी प्रधान कार्यायले भनेको छ,‘ गृहमन्त्रालय (मन्त्रीस्तरीय) निर्णय। सरुवा अनुसार महानगरीय अपराध महाशाखा काठमाडौंमा एसएसपी धीरजप्रताप सिंह आएका छन्। उनी यसअघि संघीय प्रहरी इकाइ कार्यालय बागमतीमा थिए। महाखाकाका तत्कालीन एसएसपी दिवस लोहनी साढे ३३ किलो सुनकाण्डमा मुछिएपछि…