काठमाण्डु – नेपाल प्रहरीमा ३० वर्ष सेवा अवधि पूरा गरी सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्ग तथा प्रहरी नायव महानिरीक्षकद्वय ई. फणिन्द्र बराल र संजीव शर्मा दासलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहबीच बिदाइ गरिएको छ । उनीहरूलाई नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले शुभकामनासहित हार्दिक बिदाइ गरेका छन्…