संयुक्त राष्ट्रसंघ दिवसमा पाँचखालमा सेनाको विशेष कार्यक्रम

काभ्रे – संयुक्त राष्ट्र संघ (यूएन) को ८०औं स्थापना दिवस बिहीबार श्री वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र पाँचखालमा विशेष समारोहका साथ मनाइएको छ । कार्यक्रममा प्रधानसेनापति महारथी अशोक राज सिग्देल प्रमुख अतिथि थिए । कार्यक्रममा रक्षा सचिव, बलाधिकृत, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुखहरू, स्थानीय जनप्रतिनिधि, परराष्ट्र मन्त्रालयका पदाधिकारीहरू, मित्रराष्ट्रका सैनिक…