आईजीपी कुँवर र यूएनका प्रहरी आयुक्तबीच शिष्टाचार भेटघाट

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर र संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्क, संयुक्त राष्ट्रसंघको प्रहरी महाशाखाका निर्देशक (यूएनका प्रहरी आयुक्त) फैसल शाहकर तथा छनोट भर्ती शाखा प्रमुख अता येनिगुनबीच बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ । भेटघाटको क्रममा उनीहरूबीच आपसी सहयोग, सूचना आदानप्रदान तथा समन्वय लगायतका विषयमा छलफल भएको हो…