काठमाण्डु – सेना दिवस २०८१ को अवसरमा नेपाली सेना सम्बन्धी विगतदेखि वर्तमानसम्मका गतिविधिहरू आमनागरिकलाई जानकारी प्रदान गर्ने उद्देश्यले आयोजित फोटो तथा बृहत् प्रदर्शनी २०८१ सम्पन्न भएको छ । माघ १५–१८ गतेसम्म जङ्गी अड्डा परिसरमा सञ्चालन भएको प्रदर्शनीमा सैनिक पोशाक, सैनिक ब्यान्ड, सैनिक हवाई सेवा, घोडचढी, जङ्गल तथा पहाडी युद्धकला, विशेष फौजको भूमिका, राष्ट्रिय निकुञ्ज तथा…