सेनाका यी ३ महासेनानी सहायक रथी पदमा बढुवा

काठमाण्डु – नेपाली सेनाका ३ जना महासेनानी सहायक रथी पदमा बढुवा भएका छन् । नेपाली सेनाको सिफारिसमा मन्त्रिपरिषद् बैठकले उनीहरूलाई सहायक रथीमा बढुवा गर्ने निर्णय गरेको छ । बढुवा हुनेमा विमलराज शर्मा, विमलकुमार बस्नेत र खुसबहादुर थापा छन् ।