काठमाण्डु-नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाईले दक्षिण अफ्रिकासँगको हारलाई स्वीकार गर्न गाह्रो भइरहेको भएपनि गतिलो छाप छाड्न सफल भएको बताएका छन् । जारी टी–२० विश्वकपको पहिलो चरणअन्तर्गत बंगलादेशसँग सोमबार बिहान हुने खेलअघि आयोजित प्रि म्याच कन्फेरेन्समा उनले हार ब्यहोर्ने टिमलाई असफल भनिने गरेपनि कहिल्यै हराउन नसकेको दक्षिण अफ्रिकाविरुद्ध नेपालले ‘फुटप्रिन्ट’ छाडेको बताए । ‘हामीले…