काभा च्याम्पियनसिप बनेको नेपाल पुलिस क्लबका खेलाडीलाई सम्मान

काठमाण्डु-काभा महिला भलिबल क्लब च्याम्पियनसिप जितेको नेपाल पुलिस क्लबलाई काठमाडौंमा स्वागत गरिएको छ । आज काठमाडौं आइपुगेको क्लबलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल व्याण्डबाजासहित भव्य स्वागत गरेको हो । माल्दिभ्सको मालेमा शनिबार भएको फाइनलमा पुलिसले उज्बेकिस्तानको हुमो भलिबल क्लबमाथि ३–० को सोझो सेटमा जितसहित उपाधि हात पारेको थियो । पुलिसले अपराजित रहँदै फाइनलमा स्थान बनाएको थियो ।…