साफ यू–१७ च्याम्पियनसिप : सेमिफाइनलमा भारतसँग नेपाल पराजित

काठमाण्डु– नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलमा भारतसँग पराजित भएको छ । शनिबार भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा सम्पन्न सेमिफाइनल खेलमा भारतले नेपाललाई ४–२ गोल अन्तरले पराजित गरेको हो । यो जितपछि भारत प्रतियोगिताको फाइनलमा पुगेको छ भने नेपाल पराजित हुदै बाहिरिएको छ । आजै दोस्रो सेमिफाइनल साँझ ५ः४५ बजेदेखि पाकिस्तान र बंगलादेशबीच हुदै छ ।