काठमाण्डु – नेपाल क्रिकेट संघ (क्यान) ले विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै खेलाडी र मुख्य प्रशिक्षकलाई ३ लाखका दरले प्रोत्साहन भत्ता दिने भएको छ । बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमितिको बैठकले प्रोत्साहन भत्ता दिनेसहित ९ निर्णय गरेको छ । अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी–२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै क्यानले प्रोत्साहन भत्ता दिने…