काठमाण्डु- मुम्बईको वानखेडे स्टेडियममा जारी विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारतले न्यूजिल्याण्डलाई ७० रनले पराजित गरेको छ । तर, यो खेल सुरु हुनेबित्तिकै सामाजिक सञ्जालमा वानखेडे पिचलाई लिएर विवाद सुरु भयो। बेलायती पत्रिका ‘डेली मेल’ले भारतीय टोली व्यवस्थापनको पिचबारेको अनुरोधलाई आईसीसीले स्वीकार गरी परिवर्तन गरेको र नयाँ पिचको सट्टा पुरानो पिचमा खेल खेलाइएको दाबी गरेको छ…