काठमाण्डु- आईसीसी विश्वकप क्रिकेट लिग-२ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ६ विकेट गुमाएर ३३.१ ओभरमा पुरा गरेको हो । नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले १ विकेट लिए । नामिबियासँगको हारपछि नेपालले घरेलु मैदानकै खेलबाट महत्वपूर्ण दुई अंक…