मोरङ - उर्लाबारीमा फाल्गुन २५ गतेदेखि पाँचौ उर्लाबारी मेयरकप फुटबल प्रतियोगिता २०८० हुने भएको छ । उर्लाबारी-६ स्थित राधिका माध्यमिक विद्यालयको खेल मैदानमा उर्लाबारी फूटबल क्लबको आयोजनामा सो प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा उर्लाबारीका ९ वडा ले खेल्न छन । उर्लाबारी नगरपालिकाको मुख्य प्रायोजन रहेको पाचौ सस्करणको उक्त प्रतियोगितालाई उर्लाबारी नगरपालिकाले कुल ५ लाख…