काठमाण्डु - एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विराटनगर वारिरियर्सले काठमाण्डुलाई १०५ रनको लक्ष दिएको छ । वर्षाका कारण ८ ओभरमा छोट्याइएको खेलमा विराटनगरले काठमाण्डु किङ्स-११ लाई १ सय ५ रनको लक्ष्य दिएको हो । टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित ८ ओभरमा ५ विकेट गुमाएर १ सय ४ रनको योगफल तयार गरेको थियो ।…