मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता

काठमाण्डु - जनकपुरमा मुख्यमन्त्री अन्तर–प्रदेश कबड्डी प्रतियोगिता शुरू हुँदैछ । बिहीबार सुरु हुने प्रतियोगिता शनिवारसम्म सञ्चालन हुनेछ ।प्रतियोगितामा सातै प्रदेशका कबड्डी टोली सहभागी हुने छन् । मधेश प्रदेश सरकारले ५० लाख रुपैयाँको लागतमा कबड्डी प्रतियोगिता गराउन लागेको हो । मधेश खेलकुद परिषद्का सदस्य–सचिव शिवजीप्रसाद कानुले हरेक प्रदेशबाट १२ जनाका दरले ८४ जना खेलाडी सहभागी हुने…